Logo

१३ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्रीको आसन्न चीन भ्रमणअघि लिम्पियाधुरा, लिपुलेक, र कालापानी क्षेत्रलाई लिएर राष्ट्रियताको सन्दर्भमा साझा धारणा बनाउन सरकारसँग माग गरेको छ ।

प्रतिनिधिसभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै रास्वपाका सांसद गणेश पराजुलीले यी भूभाग नेपालका अविभाज्य हिस्सा भएकोमा पार्टी दृढ रहेको बताए। उनले सन् १८१६ को सुगौली सन्धि र विभिन्न ऐतिहासिक नक्साहरूले काली नदीलाई नेपालको पश्चिमी सीमाको रूपमा स्पष्ट पारेको उल्लेख गरे। उनले लन्डनको ब्रिटिस लाइब्रेरीमा रहेका १८२७ देखि १९०४ सम्मका नक्साहरूमा काली नदीको उद्गम लिम्पियाधुरा रहेको स्पष्ट देखिएको बताए ।

पराजुलीले इतिहास, भूगोल, र प्रशासनिक प्रमाणहरूले लिम्पियाधुरा नेपालको भएको पुष्टि गर्ने दाबी गरे। उनले भारत र चीनबीच नेपाललाई सहभागी नगराई लिपुलेकलाई व्यापारिक मार्गका रूपमा प्रयोग गर्ने समझदारीलाई अन्तर्राष्ट्रिय कानुनको दृष्टिले अवैध रहेको ठहर गरे।


सम्बन्धित समाचार