प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

१३ भदौ, पर्सा । पर्साको जिराभवानी गाउँपालिका वार्ड नम्बर एकमा आज एक दिने निःशुल्क आँखा उपचार शिविर सम्पन्न भएको छ।

वीरगञ्ज सामुदायिक आँखा अस्पताल र आसमान नेपालको सहकार्यमा तथा श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको आयोजनामा भएको यो शिविरबाट सयौँ मानिस लाभान्वित भएका छन् ।
शिविरमा विद्यार्थी, शिक्षक र अभिभावकसहित कुल ५ सय ९८ जनाको आँखा परीक्षण गरिएको थियो। जसमध्ये २१ जना अभिभावकमा मोतियाबिन्दु फेला परेको छ। मोतियाबिन्दु पत्ता लागेका सबै २१ जनाको निःशुल्क शल्यक्रिया आगामी सोमबार गरिने शिविरका आयोजकले जनाएका छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोमनाथ सापकोटाको अध्यक्षतामा र जिराभवानी गाउँपालिका वार्ड नम्बर एकका अध्यक्ष रामशरण खवासको प्रमुख आतिथ्यमा भएको यस शिविरमा सामुदायिक आँखा अस्पतालका डाक्टर प्रभात चौरसिया र पूजा पासीको टोलीले आँखा परीक्षण गरेको थियो । कार्यक्रममा सशस्त्र प्रहरी, नेपाल प्रहरी र विभिन्न सामाजिक संस्थाका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो।


सम्बन्धित समाचार