Logo

१४ भदौ,वीरगञ्ज । जापानीज इन्सेफलाइटिस ((JE) को बढ्दो जोखिमलाई मध्यनजर गर्दै वीरगञ्ज महानगरपालिकाले सुँगुर तथा बंगुर फार्महरूमा सरसफाइ र जनचेतना अभियानलाई तीव्रता दिएको छ।

महानगरपालिकाको कृषि, वातावरण तथा प्रहरीको संयुक्त टोलीले वीरगञ्जको वडा नं. १९ र २२ मा रहेका सुँगुर फार्महरूमा अनुगमन गर्दै लामखुट्टे नियन्त्रण, फोहोर व्यवस्थापन, र स्वास्थ्य सुरक्षाका उपायहरूबारे किसानहरूलाई निर्देशन दिएको हो।

महानगर प्रमुख राजेशमान सिंहका अनुसार, “जापानीज इन्सेफलाइटिस नियन्त्रणका लागि नियमित औषधि छर्कने, फार्महरूको सरसफाइमा कडाइ गर्ने र जोखिमयुक्त क्षेत्रमा सचेतना फैलाउने कार्य तीव्र पारिएको छ।”

दलित बस्तीमा समेत अभियान विस्तार

महानगरको टोलीले केवल फार्म क्षेत्रमा मात्र नभई जोखिममा रहेका दलित बस्तीहरूमा पनि पुगेर सामूहिक सरसफाइ अभियान सञ्चालन गरिरहेको छ। साथै, त्यहाँका बासिन्दालाई रोकथामका उपायहरू, जस्तै लामखुट्टे टोकाइबाट बच्ने तरिका, सरसफाइको महत्व, र प्रारम्भिक लक्षणबारे जानकारी प्रदान गरिएको छ।

रोग नियन्त्रणमा सहकार्यको आवश्यकता

स्वास्थ्य विज्ञहरूका अनुसार, जापानीज इन्सेफलाइटिस सुँगुरलाई होस्ट बनाउने लामखुट्टेबाट मानिसमा सर्ने भाइरल रोग हो, जसले विशेष गरी बालबालिका र वृद्धहरूलाई गम्भीर असर पु¥याउने खतरा हुन्छ। यसैले, फार्महरूमा सरसफाइको कडाइ, फोहोर व्यवस्थापन, र लामखुट्टेको वृद्धि हुन नदिन उपयुक्त कदम चाल्न आवश्यक छ।

महानगरले आगामी दिनमा अन्य वडाहरूमा पनि अभियानलाई निरन्तरता दिने बताएको छ।


सम्बन्धित समाचार