Logo

२२ फागुन, वीरगञ्ज । नेपालकै सबैभन्दा जेठो क्याम्पस ठाकुरराम बहुमुखी क्याम्पस स्ववियु निर्वाचन समितिले आइतवार मतदाता नामावली प्रकाशन गरेको छ ।

चैत ५ गते स्ववियु निर्वाचन मिति तोकिएको छ । सोलाई लक्षित गरेर आज मतदाता नामावली प्रकाशन गरिएको निर्वाचन अधिकृत रोशन लामिछानेले बताए । उनले करीब दश हजार पाँच सय मतदाता रहेको बताए । आज प्रकाशित मतदाता सूचीमा दाबी विरोधका लागि फागुन २५ गतेसम्मको लागी समय दिइएको छ ।

फागुन २५ गते ११ देखि १ बजेसम्म दुई घण्टाभित्र दाबी विरोध गर्न सकिने र ततपश्चात् छानबीन गरी अन्तिम नामावली सोही दिन साँझ प्रकाशित हुने लामिछानेले बताए । ठाराब क्याम्पसमा फागुन १७ गतेसम्म भर्ना लिइएको थियो । तीन महीनादेखि जारी भर्ना प्रक्रिया फागुन १७ गतेसम्म चलेको थियो ।

क्याम्पसमा परीक्षाको एक दिनअगाडिसम्म पनि भर्ना लिने प्रचलन रहिआएको छ ।  नेपालकै सबैभन्दा जेठो क्याम्पस ठाकुरराम बहुमुखी क्याम्पसमा निर्वाचन अधिकृत रोशन लामिछानेका अनुसार ३५वटा दलले निर्वाचनका लागि दल दर्ता गरेका छन् ।

यसैगरी,चिकित्साशास्त्र अध्ययन संस्थान (नर्सिङ क्याम्पस), वीरगंजमा स्ववियु निर्वाचनका लागि छवटा विद्यार्थी सङ्गठन दर्ता भएका छन् । आज १५६ जनाको मतदाता नामावली प्रकाशन भएको सो क्याम्पसले जनाएको छ ।


सम्बन्धित समाचार