प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

१७ भदौ, काठमाडौं । राजधानीको गोंगबुस्थित एक घरमा छापा मारेर प्रहरीले ठूलो परिमाणमा अवैध रकम बरामद गरेको छ।

मंगलबार उपत्यका प्रहरी कार्यालय रानीपोखरी र जिल्ला प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले गोप्य सूचनाको आधारमा छापा मारेको थियो ।

अवैध रकमबारे अनुसन्धान हुँदै

छापा मार्ने क्रममा करिब ४ करोड रुपैयाँ बरामद भएको उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एआईजी टेकबहादुर तामाङले जानकारी दिए। बरामद भएको रकमको स्रोतबारे अहिले अनुसन्धान भइरहेको उनले बताएका छन् । यो घटनाले राजधानीभित्र अवैध कारोबार र सम्पत्ति लुकाउने कार्य भइरहेको देखाएको छ । प्रहरीले यस विषयमा थप जानकारी नदिइए पनि रकमको स्रोत, यसमा संलग्न व्यक्तिहरू र यसको उद्देश्यबारे गहन अनुसन्धान भइरहेको बुझिएको छ ।


सम्बन्धित समाचार