Logo

१८ भदौ, काठमाडौं । नेपाली सेनाले उपरथी र सहायक रथीमा पदोन्नति भएका सैनिक अधिकारीहरूलाई दर्ज्यानी चिह्न प्रदान गरेको छ ।

मन्त्रिपरिषद्को निर्णयअनुसार सहायक रथी भोलानाथ थापालाई उपरथी पदमा बढुवा गरिएको हो । प्रधानसेनापति अशोकराज सिग्देलले आज जंगी अड्डामा एक विशेष समारोहका बीच थापालाई उपरथीको दर्ज्यानी चिह्न प्रदान गरे ।

बढुवासँगै उनले निरीक्षणाधिकृतको जिम्मेवारी पाएका छन् । त्यसैगरी, प्राविधिक महासेनानी विश्वबन्धु पहाडी पनि सहायक रथीमा बढुवा भएका छन् । उनलाई पनि सोही समारोहमा दर्ज्यानी चिह्न प्रदान गरियो । यस कार्यक्रममा नेपाली सेनाका वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार