Logo

१८ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सत्तारुढ दलहरूले आफ्नो स्वार्थमा प्रयोग गरी दलीयकरण गरेको आरोप लगाएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा बोल्दै रास्वपाका सांसद हरि ढकालले अख्तियारलाई ‘साइजमा राखिएको’ र अब यसको औचित्यमाथि नै प्रश्न उठेको बताए। ‘२०८४ सालपछि यो रहँदैन,’ उनले भने । सांसद ढकालले भिजिट भिसा प्रकरणको पनि कुरा उठाए। यस प्रकरणमा आफ्नो पार्टीले ९५ दिनदेखि आवाज उठाउँदा पनि सरकारले नसुनेको उनको भनाइ थियो।

उनले विरोधका आवाजलाई दबाएर लोकतन्त्र बलियो नहुने भन्दै दलीयकरणले लोकतन्त्रमाथि नै कालो बादल छाएको आरोप लगाए। ढकालले सन् २०८४ मा आम नागरिकले यसको हिसाबकिताब गर्ने चेतावनी पनि दिए ।


सम्बन्धित समाचार