प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

१८ भदौ, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रकी सांसद छिरिङ लामु लामा तामाङलाई बोल्नबाट रोकेका छन् ।

आकस्मिक समयमा बोल्दै गर्दा सांसद लामाले सभामुखलाई टिपाएको विषयभन्दा फरक कुरा उठाएको भन्दै सभामुखले हस्तक्षेप गरेका हुन् । सुरुमा उनले सांसदलाई विषयमा केन्द्रित हुन निर्देशन दिएका थिए । ‘माननीयज्यू, जे विषय माग गर्नुभएको छ, त्यही विषयमा जान निर्देश गर्दछु,’ सभामुखले भने।

सभामुखको निर्देशनपछि सांसद लामाले आफू विषयमा प्रवेश गर्न लागेको बताए पनि अन्ततः विषय नमिलेको भन्दै सभामुखले उनलाई बस्न निर्देशन दिए। सभामुख घिमिरेले ‘तपाईंले मलाई दिएको विषय र तपाईंले बोलेको विषय मिलेन, त्यसैले तपाईं बस्नुस्,’ भनेर बोल्न दिएनन् ।


सम्बन्धित समाचार