प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

२० भदौ, काठमाडौँ। अमेरिकी संघीय अदालतले गुगललाई लाखौं प्रयोगकर्ताहरूको गोपनीयता भंग गरेको ठहर गर्दै ४२ करोड ५० लाख डलर (करिब ५६ अर्ब रुपैयाँ) जरिवाना तिर्न आदेश दिएको छ ।

लगभग ९ करोड ८० लाख प्रयोगकर्ताको डेटा चोरी भएको आरोपमा सन् २०२० को जुलाईमा दायर गरिएको मुद्दामा अदालतले यो फैसला सुनाएको हो । मुद्दा दर्ता गर्ने पक्षले ३१ अर्ब डलर क्षतिपूर्ति माग गरेका थिए । यद्यपि, अदालतले ४२ करोड ५० लाख डलर जरिवाना तोकेको छ । वादीहरूले गुगलले व्यक्तिगत जानकारी सङ्कलन गरे पनि त्यसको सुरक्षा गर्न नसकेको र दुरुपयोग भएको आरोप लगाएका थिए ।

यता, गुगलले भने आफूले कुनै गल्ती नगरेको दाबी गर्दै यस फैसलाको विरुद्धमा पुनरावेदन गर्ने घोषणा गरेको छ । कम्पनीले आफू सधैँ प्रयोगकर्ताको गोपनीयताको रक्षा गर्न प्रतिबद्ध रहेको तर्क पनि अघि सारेको छ ।


सम्बन्धित समाचार