Logo

फाइल तस्बिर

२३ फागुन, वीरगञ्ज । होली पर्वलाई मध्यनजर गरेर पर्सामा १७ ठाउँमा सवारी साधन चेकजाँचका लागि चेक पोइन्ट राखिएको छ ।

आज बिहान ८ बजेदेखि नै जिल्लाका १७ ठाउँमा चेक प्वाईन्ट राखेर सवारी साधन चेकँजाचँमा कडाई गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जनाएको छ । ३ वटा समूह बनाएर ट्राफिक प्रहरीले नियमित गस्ती समेत गरिरहेको छ ।

होली पर्व दुर्घटना रहित, सुरक्षित र मर्यादित बनाउने उद्देश्यले जिल्लाको सबै नाका सहित विभिन्न १७ ठाउँमा चेक पोइन्ट राखिएको ट्राफिक प्रहरी नायब निरीक्षक राम सुन्दर आर्यले जानकारी दिनुभयो ।

मादक पदार्थ सेवन गरेर गाडी चलाउने, तीव्र गतिमा गाडी चलाउने, मोटरसाइकलमा ३ जना सवार हुने, हेलमेट नलगाउनेलाई कारबाही गरिने उहाँको भनाई छ ।

त्यस्तै गाडीको प्रयोग गरी रङ्ग, लोला हान्ने, अभद्र व्यवहार गर्ने, लागुपदार्थ खाएर गाडी चलाउने, लापरबाहीका साथ गाडी चलाउने लगायत विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्नेलाई पक्राउ गर्ने तयारी ट्राफिक प्रहरीले गरेको छ । उछृङ्खल भई सवारी साधन सञ्चालन गर्ने चालकको सवारी होल्ड गरि साँझ मात्रै सवारी धनीको जिम्मा लगाईने उहाँले बताउनुभयो ।

 


सम्बन्धित समाचार