Logo

२३ भदौ, काठमाडौं । सरकारविरुद्ध जारी जेन–जी आन्दोलन दिनप्रतिदिन उग्र बन्दै जाँदा सुनसरीस्थित इटहरी उपमहानगरपालिका कार्यालयमा प्रदर्शनकारीले आगजनी गरेका छन्।

बिहान ११ बजेदेखि इटहरीको मुख्य चोकमा भेला भएका प्रदर्शनकारीहरू पछि उपमहानगरपालिका कार्यालयतर्फ पुगेका थिए। स्थिति तनावपूर्ण बन्दै जाँदा प्रदर्शनकारीले कार्यालय भवनमा आगो लगाएको सुनसरी प्रशासनले जनाएको छ।
आगजनीबाट भवनमा ठूलो क्षति पुगेको छ। प्रदर्शनकारीहरूले कार्यालयमा रहेका सरकारी कागजपत्र, फर्निचर र अन्य सामग्री बाहिर निकालेर जलाएका छन्।

स्थिति नियन्त्रणमा लिन सुनसरी प्रशासनले इटहरी क्षेत्रमा कफ्र्यू आदेश जारी गरेको छ। यद्यपि कफ्र्यूको अवज्ञा गर्दै प्रदर्शन अझै जारी रहेको बताइएको छ। सुरक्षाकर्मी परिचालनसहित अवस्था नियन्त्रणमा लिने प्रयास भइरहे पनि प्रदर्शनकारीहरूको आक्रोश बढ्दो छ। प्रशासनले घटनाको अनुसन्धान थालिएको र दोषीमाथि कडा कारबाही गरिने जनाएको छ।

जेन–जी आन्दोलन राजधानी काठमाडौंसँगै प्रदेशहरूमा पनि चर्किंदै गएको छ। विस्तृत विवरण आउन बाँकी छ।


सम्बन्धित समाचार
भर्खरै