Logo

२६ भदौ, काठमाडौं । सामाजिक सञ्जाल प्रतिबन्ध र शासकीय अव्यवस्थाविरुद्ध भइरहेको जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३४ पुगेको छ।

स्वास्थ्य मन्त्रालयले जारी गरेको पछिल्लो विवरणअनुसार देशभरका विभिन्न अस्पतालबाट संकलित तथ्यांकमा मृतकको संख्या बढेको हो। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, प्रदर्शनका क्रममा १,३६८ जना घाइते भएका छन्, जसमध्ये ३२१ जना अझै पनि विभिन्न अस्पतालमा उपचाररत छन् । हालसम्म ९४९ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् ।

मृत्यु हुनेहरूमा काठमाडौंको सिभिल अस्पतालमा ६ जना, राष्ट्रिय ट्रमा सेन्टरमा ८ जना, भेरी अस्पतालमा ५ जना, एभरेष्ट अस्पताल र फ्रन्टलाइन अस्पतालमा ३(३ जना, तथा केएमसी र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २-२ जना रहेका छन्। यसबाहेक, बयोधा अस्पताल, त्रिवि शिक्षण अस्पताल, इलाम अस्पताल र बीएण्डसी अस्पतालमा पनि १-१ जनाको मृत्यु भएको छ।

प्रदर्शनका क्रममा नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि झडप हुँदा प्रहरीले अन्धाधुन्ध गोली चलाएको थियो, जसले गर्दा थुप्रै प्रदर्शनकारी घाइते भएका थिए। कतिपयको घटनास्थलमै र कतिपयको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको थियो ।


सम्बन्धित समाचार