Logo

प्रभु साहको आजपाले जेन-जी आन्दोलनको समर्थन गर्दै भ्रष्टाचारको मूल समस्यालाई सम्बोधन गर्न जनपक्षीय अन्तरिम सरकारको आवश्यकतामा जोड दिएको छ।

आजपाका अध्यक्ष प्रभु साहले एक विज्ञप्ति जारी गर्दै वर्तमान आन्दोलनलाई केवल नेतृत्वको अनुहार फेर्ने षड्यन्त्र भएको आरोप लगाएका छन् । उनले युवाहरूलाई सतहमा मात्र रमाएर नबस्न र समस्याको गहिराइमा पुग्न आग्रह गरेका छन् ।

मूल मुद्दा र समाधान

साहका अनुसार, भ्रष्टाचार केवल केन्द्र सरकारमा मात्र नभई प्रदेश र स्थानीय सरकारमा पनि व्याप्त छ। उनले वर्तमान दुर्दशाको कारण गलत सिस्टम र संरचना नै भएको बताएका छन्। विज्ञप्तिमा उनले युवाहरूलाई ललिपप दिएर भ्रममा पार्ने प्रयास भइरहेकोमा चिन्ता व्यक्त गरेका छन् ।

आजपाले यस संकटको एकमात्र सही निकास दलाल दलतन्त्रको अन्त्य र जनपक्षीय अन्तरिम सरकारुको स्थापना भएको धारणा अघि सारेको छ। यसबाट देशको वर्तमान अवस्थामा सुधार ल्याउन सकिने उनीहरूको विश्वास छ।


सम्बन्धित समाचार
भर्खरै