Logo

२८ भदौ,काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू पुनः कारागार फर्कन लागेको जानकारी दिएका छन्। आज आफ्नो जन्मदिनको अवसरमा सामाजिक सञ्जालमा एक भिडियो सन्देश जारी गर्दै उनले देशले न्यायको प्रतिमूर्ति सुशीला कार्कीलाई प्रधानमन्त्रीका रूपमा पाएकाले आफूमाथि अब अन्याय नहुने आशा व्यक्त गरेका छन्।

लामिछानेले भने, “पछिल्लो सरकारले ममाथि चरम राजनीतिक प्रतिशोध साँधेर मेरो जिना हराम गरेको थियो। आज यस देशको नेतृत्वमा न्यायकी प्रतिमूर्ति स्वयं प्रधानमन्त्री बन्नुभएको छ। अब चाहिँ अन्याय हुँदैन भन्ने आशासहित म कारागार जाँदैछु।”

जेनजीहरूको प्रदर्शनका क्रममा भदौ २४ गते नख्खु कारागारबाट बाहिर निस्किएका लामिछानेले आफू कारागार प्रशासनको निर्णयअनुसार नै रिहा भएको दाबी गरेका थिए। तर, यस विषयमा औपचारिक रूपमा कारागार प्रशासनले कुनै पत्र सार्वजनिक गरेको छैन र आलोचना बढेपछि उनी आफैं कारागार फर्कन लागेका हुन्। उनले यस विषयमा भइरहेको मिडियाबाजीप्रति पनि आपत्ति जनाएका छन्।


सम्बन्धित समाचार