Logo

२९ भदौ, काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले पार्टीसँगको सम्बन्ध अन्त्य गर्दै नयाँ राजनीतिक यात्रा सुरू गर्ने घोषणा गरेका छन्।

चौधरीले सामाजिक सञ्जालमार्फत आफूले अब नागरिक उन्मुक्ति पार्टीसँग आबद्ध नभएको जानकारी गराएका छन् । साथै उनले “नागरिक उन्मुक्ति पार्टी नेपाल” नामक नयाँ पार्टी घोषणा गरेका छन् ।

पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै चौधरीले पार्टी छाडेको पुष्टि गर्दै निकट भविष्यमा नयाँ संरचना र कार्यक्रमसहितको पार्टी औपचारिक रूपमा सार्वजनिक गर्ने बताए।

चौधरी विगत लामो समयदेखि थारु समुदायको अधिकार, पहिचान र राजनीतिक सहभागिताका पक्षधर नेताका रूपमा चर्चित रहँदै आएका छन् ।  उनले नेतृत्व गरेको नागरिक उन्मुक्ति पार्टीले मधेश र थारुबहुल क्षेत्रमा उल्लेख्य जनसमर्थन आर्जन गरेको थियो ।

रेशम चौधरीको नयाँ पार्टी घोषणा संगै नेपाली राजनीतिक परिदृश्यमा नयाँ समीकरणको बहस सुरु हुने देखिएको छ ।


सम्बन्धित समाचार
भर्खरै