Logo

३० भदौ, काठमाडौं । जेन–जी आन्दोलनका कारण बन्द भएका काठमाडौं उपत्यकाका विद्यालयहरू सोमबारदेखि पुनः सञ्चालनमा आएका छन् ।

आन्दोलनको क्रममा केही विद्यालयहरूमा आगजनी भएको र सरकारी भवनहरूमा ठूलो क्षति पुगेपछि विद्यार्थीको सुरक्षालाई ध्यानमा राखी पठनपाठन बन्द गरिएको थियो । जेन–जी आन्दोलनका कारण सिंहदरबार, सर्वोच्च अदालत र संसद भवनजस्ता प्रमुख सरकारी निकायहरूमा आगजनी भई ध्वस्त भएका थिए। यस्तो अशान्तिको अवस्थामा अभिभावक तथा विद्यालय प्रशासन दुवै त्रसित बनेका थिए, जसले गर्दा केही दिनका लागि शैक्षिक गतिविधि रोकिएको थियो।

अहिले परिस्थिति सामान्य बन्दै गएपछि विद्यालयहरूले पठनपाठन पुनः सुरु गरेका हुन्। यसै क्रममा, केही विद्यालयहरूले अभिभावकलाई आफ्ना बालबालिकालाई लिनका लागि सन्देश पठाएका छन्। यसरी लामो समयपछि विद्यालय सञ्चालन हुँदा विद्यार्थी र अभिभावक दुवैमा राहतको अनुभूति भएको छ।

पठनपाठन सुचारु भए पनि विद्यालयहरूले सुरक्षाका थप उपायहरू अपनाएका छन्। यसले विद्यार्थी र शिक्षक दुवैलाई ढुक्कसँग आफ्नो काम गर्न सहज भएको छ।


सम्बन्धित समाचार
भर्खरै