Logo

३० भदौ, काठमाडौं । जेन–जी आन्दोलनका क्रममा मृत्यु भएका २७ जनाको शव त्रिवि शिक्षण अस्पतालबाट आफन्तले बुझेर लगेका छन् ।

उपत्यका प्रहरी कार्यालयका अनुसार पोस्टमार्टमपछि शवहरू आफन्तलाई बुझाइएको हो । यसै क्रममा आन्दोलनकारीको आक्रमणमा परी ज्यान गुमाएका तीन जना प्रहरीको शव पनि आफन्तले बुझेका छन् ।
अझै पनि शिक्षण अस्पतालमा १९ वटा शवको पोस्टमार्टम गर्न बाँकी रहेको छ। पाँच जनाको शवको पोस्टमार्टम भइसके पनि आफन्तले बुझेका छैनन् । यसैगरी, आगजनी र प्रहरीसँगको झडपमा ज्यान गुमाएका आठ जनाको शवको भने अहिलेसम्म पहिचान हुन सकेको छैन  ।

यसैबीच, गृहमन्त्री ओमप्रकाश अर्यालले आन्दोलनका मृतकहरूलाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने जानकारी दिएका छन्। मृतकलाई कस्तो प्रकारको सम्मान दिने भन्नेबारे मन्त्रिपरिषद्ले निर्णय गर्ने उनले बताएका छन्। यसैगरी, प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु भएका १२ जनाको पहिचान पनि खुलेको छ।


सम्बन्धित समाचार