Logo

३० भदौ, काठमाडौं । जेन–जी आन्दोलनका क्रममा काठमाडौं उपत्यकाका १५३ प्रहरी कार्यालयहरूमा आगजनी र तोडफोड भएको छ ।

यस क्रममा प्रहरी पोसाक, हतियार र सञ्चार सेटहरू समेत लुटिएको प्रहरीले जनाएको छ । आन्दोलन भड्किएपछि भदौ २४ मा ललितपुरको हरिसिद्धि प्रहरी चौकीबाट सुरु भएको आक्रमण त्यसपछि उपत्यकाभर फैलियो। उपत्यका प्रहरी कार्यालयका एसएसपी शेखर खनालका अनुसार, काठमाडौं, ललितपुर र भक्तपुरका १५३ वटा प्रहरी युनिटहरू पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने अन्य धेरै कार्यालयहरूमा आंशिक क्षति पुगेको छ।

क्षतिको विवरण

काठमाडौंमा १२६ प्रहरी कार्यालयहरूमा पूर्ण क्षति पुगेको छ। यसमा ११ वटा प्रहरी वृत्त, १० वटा प्रभाग, ३ वटा चौकी र ३६ वटा बिट सामेल छन् । ललितपुरमा दुईवटा वृत्त र सातवटा प्रभागमा पूर्ण क्षति भएको छ। भक्तपुरमा दुईवटा वृत्त, दुईवटा प्रभाग, एउटा चौकी र तीनवटा पोस्टमा पूर्ण क्षति भएको छ।

यसका साथै, उपत्यका ट्राफिक प्रहरी कार्यालयसहित १० वटा ट्राफिक युनिटहरूमा पनि पूर्ण क्षति भएको छ। रानीपोखरीमा रहेको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को कमान्डमा रहेको उपत्यका प्रहरी कार्यालय पनि ध्वस्त भएको छ। यसले आन्दोलनले सुरक्षा संयन्त्रमाथि गरेको ठूलो प्रहारलाई देखाउँछ।


सम्बन्धित समाचार