Logo

३० भदौ, काठमाडौं । जेन–जी आन्दोलनको मौका छोपी सुन्धारा कारागारबाट भागेका एक दक्षिण अफ्रिकी नागरिकको चार तलाबाट हामफाल्दा मृत्यु भएको छ। प्रहरीले पक्राउ गर्न पुगेपछि उनी भाग्ने क्रममा हामफालेको जनाइएको छ।

मृत्यु हुनेमा ६५ वर्षीय ज्याक्विस एन्टेन एंगल ब्रेफ रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, उनी सुन्धारामा रहेको ओम सुविधा गेष्टहाउसको चौथो तलाबाट हामफालेका थिए। उनको शव त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा राखिएको छ।

जेन-जी आन्दोलनका क्रममा भदौ २४ गते राति सुन्धारा कारागारबाट मात्रै ३३ सय कैदी फरार भएका थिए। प्रहरीले उनीहरूको खोजीकार्य तीव्र पारेको छ। फरार भएकामध्ये ज्याक्विस पनि एक थिए र प्रहरी उनलाई पक्राउ गर्न गेष्टहाउस पुगेको थियो।


सम्बन्धित समाचार