३१ भदौ, काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको मूल्यमा कुनै परिवर्तन नगर्ने निर्णय गरेको छ। निगमले आसन्न चाडपर्व र देशको विशेष परिस्थितिलाई मध्यनजर गर्दै मूल्य यथावत् राखिएको जानकारी दिएको हो।
निगमका अनुसार इन्डियन आयल कर्पोरेसन (IOC) बाट पेट्रोल र डिजेलको मूल्य बढेर आए पनि उपभोक्तामाथि प्रत्यक्ष असर नपरोस् भन्ने उद्देश्यले मूल्य वृद्धि नगरी पूर्ववत् मूल्यमै बिक्री गर्ने निर्णय गरिएको हो।
निगमले चाडपर्वको बेला इन्धनको आपूर्ति सहज हुने व्यवस्था मिलाइसकेको पनि जनाएको छ। निगमले उपभोक्तालाई आवश्यक इन्धन सहजै उपलब्ध हुने गरी ढुवानी र आपूर्ति प्रणालीलाई थप प्रभावकारी बनाइने स्पष्ट पारेको छ।















