Logo

सांकेतिक तस्वीर

३१ भदौ, काठमाडौँ । जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएकामध्ये १० जनाको मंगलबार राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिँदैछ। त्रिवि शिक्षण अस्पतालमा रहेका ९ र पाटन अस्पतालमा रहेका १ गरी १० मृतकको अन्त्येष्टि नगरपरिक्रमासहित गर्ने तयारी भएको छ।

आन्दोलनका क्रममा निधन भएका केही व्यक्तिको अन्त्येष्टि यसअघि भइसकेको छ भने बाँकी १० जनाको अन्त्येष्टि मंगलबार हुने भएको हो।

सरकारले मृतकलाई सहिद घोषणा गर्दै राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरिसकेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति र अन्य खर्च बापत ५ लाख रुपैयाँ गरी १५ लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय पनि गरेको हो।

सरकारका अनुसार शहीद परिवारलाई राहत वितरण र घाइतेहरूको निःशुल्क उपचार कार्य तत्कालै अघि बढाइनेछ।


सम्बन्धित समाचार