३१ भदौ, काठमाडौं । आम सर्वसाधारणलाई राहत दिँदै वाणिज्य बैंकहरूले असोज महिनामा पनि मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् ।
लगातारको ब्याजदर घट्ने क्रम जारी रहँदा यसको प्रत्यक्ष प्रभाव कर्जाको ब्याजदरमा पनि पर्ने अपेक्षा गरिएको छ । असोज १ गतेदेखि लागू हुने गरी बैंकहरूले मुद्दती निक्षेपमा औसत व्यक्तिगत ब्याजदर ५ दशमलव ४६ प्रतिशतमा मा झारेका छन्, जुन भदौको औसत ब्याजदर ५ दशमलव ५८ प्रतिशत भन्दा ० दशमलव १२ प्रतिशतले कम हो । यस्तै, संस्थागततर्फको ब्याजदर पनि ० दशमलव ०९५ घटेर ३ दशमलव ८७ प्रतिशतमा कायम भएको छ।
कुन बैंकको कस्तो अवस्था?
प्राइम कमर्सियल, सानिमा, एभरेस्ट, सिटिजन्स, एनआईसी एसिया, नेपाल एसबीआई, कृषि विकास बैंक, नेपाल बैंक र कुमारी बैंकले ब्याजदर घटाएका छन् । ग्लोबल आईएमई, प्रभु, माछापुच्छ्रे, एनएमबि, हिमालयन, सिद्धार्थ, नबिल र राष्ट्रिय वाणिज्य बैंकले असोजका लागि ब्याजदरमा कुनै परिवर्तन गरेका छैनन्, व्याजदर स्थिर राखेका छन् ।
भदौमा स्ट्यान्डर्ड चार्टर्ड र लक्ष्मी सनराइज बैंकले ब्याजदर बढाए पनि असोजमा धेरैजसो बैंकहरूले ग्राहकलाई राहत दिने निर्णय गरेका छन् । ब्याजदर घट्ने यो प्रवृत्तिले अर्थतन्त्रलाई चलायमान बनाउन र लगानीलाई प्रोत्साहन गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।















