Logo

३१ भदौ, काठमाडौं । भर्खरै सम्पन्न भएको जेन-जी आन्दोलनले नेपालमा ठूलो मानवीय क्षति पुर्‍याएको छ।

प्रहरीले दिएको जानकारीअनुसार, भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ७३ पुगेको छ। नेपाल प्रहरीका प्रवक्ता (डीआईजी) विनोद घिमिरेले दिएको जानकारीअनुसार, यो संख्यामा प्रहरी, प्रदर्शनकारी, लुटपाटकारी र कैदीबन्दीहरू समेत छन् ।

मृत्यु हुनेको विवरण

तीनजना प्रहरीले ज्यान गुमाएका छन् । उनीहरूमा असई मिलन राय, सहायक हवल्दार अमृत गुरुङ, र जवान उत्तम थापा छन् । नयाँ बानेश्वर क्षेत्रमा प्रहरीको गोली लागेर र अस्पतालमा उपचारका क्रममा २१ जना प्रदर्शनकारीको मृत्यु भएको छ। आगजनी र लुटपाटमास् भदौ २४ गतेको लुटपाट र आगजनीका क्रममा ३८ जनाको ज्यान गएको छ। भाटभटेनी सुपरमार्केट र अन्य निजी घरहरूमा १५ जनाको शव जलेको अवस्थामा भेटिएको छ।आन्दोलनका क्रममा जेलमा रहेका १० जना कैदीबन्दी तथा बाल बन्दीहरूको पनि मृत्यु भएको छ।

यो त्रासदीपूर्ण घटनाले नागरिकको अभिव्यक्ति स्वतन्त्रता र राज्यको सुरक्षा व्यवस्था दुवैमा गम्भीर प्रश्न खडा गरेको छ। घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न र पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारलाई चौतर्फी दबाब परेको छ।


सम्बन्धित समाचार