Logo

१ असोज, काठमाडौं । नेपाल पञ्चांग निर्णायक विकास समितिले यस वर्षको दसैंको टीकाको शुभ साइत सार्वजनिक गरेको छ।

समितिका अनुसार, असोज १६ गते बिहीबार बिहान ११ बजेर ५३ मिनेटमा टीका लगाउनु सबैभन्दा उत्तम हुनेछ। यस वर्षको दसैं असोज ६ गते घटस्थापनाबाट सुरु हुनेछ। घटस्थापनाका लागि शुभ साइत बिहान ९ बजेर १३ मिनेटमा तोकिएको छ।

समितिले असोज १३ गते फूलपाती,असोज १४ गते महाअष्टमी र कालरात्रि, असोज १५ गते महानवमी, असोज १६ गते विजयादशमी (टीका) असोज २० गते कोजाग्रत पूर्णिमा रहेको जनाएको छ ।


सम्बन्धित समाचार