Logo

१ असोज, काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी नेपालले जेन जी आन्दोलनमा ज्यान गुमाएका युवाहरूलाई श्रद्धाञ्जली अर्पण गरेको छ ।

पार्टीका अध्यक्ष राजेन्द्र महतोले एक विज्ञप्ति जारी गर्दै उनीहरूको बलिदानलाई ऐतिहासिक गौरवका रूपमा सम्झनुपर्ने बताएका छन् । महतोले सहिदहरूको त्यागलाई राष्ट्रले कहिल्यै भुल्न नसक्ने उल्लेख गर्दै यसले सबैलाई थप दृढताका साथ संघर्ष गर्न प्रेरित गरेको जनाएका छन् ।

उनले आफ्ना पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्तालाई सहिदहरूको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्न आग्रह गरेका छन्। राष्ट्रिय मुक्ति पार्टीले सहिदहरूले देखाएको बाटोमा अघि बढ्दै स्वाधीनताको सपना पूरा गर्ने प्रतिबद्धता पनि जनाएको छ।


सम्बन्धित समाचार