Logo

जेनजी आन्दोलनमा आगजनी गरिएका भाटभटेनी (फाईल फोटो)

१ असोज, काठमाडौं । गत भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा आगजनी भएको कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटबाट फेला परेको शवको पहिचान खुलेको छ ।

मृतक रामेछापको खाँडादेवी गाउँपालिका वडा नम्बर–६ का २२ वर्षीय विकास रसाइली रहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ। प्रहरीका अनुसार, बुधबार भाटभटेनीको चौथो तलामा सरसफाइ गर्ने क्रममा उनको जलेको अस्थिपञ्जर फेला परेको हो । एसपी अपिल बोहराका अनुसार, प्रदर्शनका क्रममा सुपरमार्केटको चौथो तलामा पुगेका रसाइली आगो लागेपछि तल ओर्लिन नसकी फसेका थिए ।

आगलागीमा फसेपछि रसाइलीले आफ्नो बुवालाई फोन गरेर भनेका थिए, ‘बुबा, म भाटभटेनीको ४ तला माथि ट्रयापमा परेँ। उनको शवसँगै भेटिएको मोबाइलको प्राविधिक जाँच गर्दा त्यो उनको नै भएको पुष्टि भएको छ।

शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ भने मृतकका बुवा पूर्णबहादुर रसाइली प्रहरीको सम्पर्कमा आइसकेका छन्।


सम्बन्धित समाचार