Logo

२ असोज, काठमाडौं । नेपालको राजस्व भुक्तानी प्रणालीले एक महत्त्वपूर्ण फड्को मारेको छ ।

सरकारले अन्तर्राष्ट्रिय कार्ड नेटवर्कलाई प्रणालीमा जोडेर डिजिटल अर्थतन्त्रतर्फको यात्रामा अर्को कदम चालेको हो । यो सुविधाको औपचारिक सुरुवात अर्थमन्त्री रामेश्वर प्रसाद खनाल र मुख्य सचिव एकनारायण अर्यालले गरेका छन् । यो प्रणालीले विशेषगरी नेपाल आउने विदेशी पर्यटकहरू र विदेशमा रहेका नेपाली सेवाग्राहीहरूका लागि राजस्व भुक्तानीलाई निकै सहज बनाउनेछ। प्रारम्भिक चरणमा त्रिभुवन विमानस्थलस्थित अध्यागमन विभागमा यो सुविधा लागू गरिएको छ, जसले गर्दा पर्यटकहरूले भिसा शुल्क लगायतका सेवाहरूको भुक्तानी नगदमै गर्नुपर्ने झन्झटबाट मुक्ति पाउनेछन् ।

मास्टर कार्ड, भिजा कार्ड र अलिपे जस्ता विश्वव्यापी रूपमा प्रयोग हुने कार्डहरूको यो आबद्धताले नेपालमा वित्तीय कारोबारलाई अन्तर्राष्ट्रिय मापदण्डमा ल्याउन सहयोग गर्नेछ। यसले नेपालको सेवा क्षेत्रलाई थप आधुनिक र प्रतिस्पर्धी बनाउने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार
भर्खरै