काठमाडौंको बालाजुमा आज बिहान बस दुर्घटना हुँदा ३४ जना यात्रु घाइते भएका छन् ।
बालाजु बाइपासमा बा. ५ ख ५० नम्बरको बस पल्टिँदा यो दुर्घटना भएको हो । घाइतेहरूको उद्धार गरी स्थानीय अस्पतालमा उपचार सुरु गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीएसपी लोकेन्द्रसिंह गुरुले जानकारी दिए। दुर्घटनाग्रस्त बसलाई क्रेनको सहायताले घटनास्थलबाट हटाइएको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।















