५ असोज, काठमाडौं। लोकसेवा आयोगले आफ्नो आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ।
आइतबार राष्ट्रपति कार्यालयमा आयोजित एक कार्यक्रममा लोकसेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीले नेपालको संविधानको धारा २९४ बमोजिम उक्त प्रतिवेदन बुझाएका हुन् । यस प्रतिवेदनमा आयोगले आर्थिक वर्ष २०८१/८२ मा गरेका सम्पूर्ण काम(कारबाही र उपलब्धिहरू समेटिएको छ।















