Logo

५ असोज, काठमाडौं । नेपालको राष्ट्रिय क्रिकेट टोलीले संयुक्त अरब इमिरेट्स (यूएई) बाट भिसा प्राप्त गरेको छ।

यससँगै अब टोली भोलि ९सोमबार० वेस्ट इन्डिजसँगको ऐतिहासिक टी–२० शृङ्खलाका लागि यूएई प्रस्थान गर्ने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) का प्रवक्ता छुम्बी लामाका अनुसार, जेन–जी आन्दोलनपछि यूएईले नेपालीहरूलाई भिजिट भिसामा रोक लगाएका कारण खेलाडीको भिसा प्रक्रियामा ढिलाइ भएको थियो । टोलीले शुक्रबार नै यूएई प्रस्थान गर्ने तय भएको थियो, तर भिसा नआउँदा कार्यक्रम रोकिएको थियो । क्यानले यूएईको क्रिकेट बोर्ड र अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) सँग समन्वय गरेपछि खेलाडीहरूलाई भिसा उपलब्ध गराइएको हो । नेपालले वेस्ट इन्डिजसँग यही असोज ११, १३ र १४ गते यूएईमा तीन वटा टी–२० खेल खेल्दैछ।


सम्बन्धित समाचार
भर्खरै