Logo

५ असोज, काठमाडौं । ललितपुरको नक्खु कारागारबाट भागेका एक कैदीले श्रीमतीको हत्या गरेको आरोप लागेको छ।

भदौ २४ गते कारागारबाट फरार भएका सन्तबहादुर तामाङले श्रीमती मनीषा घेवा तामाङको हत्या गरी शव पुरेको अवस्थामा फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार, पनौती नगरपालिका–१२, गागलमा अन्दाजी ३० वर्षीया मनीषा ३ दिनदेखि बेपत्ता थिइन् । पछि घर नजिकैको बारीमा उनको शव पुरिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । वडाध्यक्ष जयराम केसीका अनुसार, मनीषाको चप्पल बारीमा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले अहिले शव उत्खनन् गरिरहेको छ। हत्याको आरोप लागेका सन्तबहादुर तामाङ भने फरार छन् ।

बलात्कारको आरोपमा ४ वर्षदेखि जेलमा रहेका सन्तबहादुर भदौ २४ गते रास्वपाका सभापति रवि लामिछानेसँगै जेलबाट भागेका थिए । लामिछाने जेल फर्किए पनि सन्तबहादुरसहित अन्य कैदीहरू अझै फरार छन् । जेलबाट फर्किएपछि सन्तबहादुर र उनकी श्रीमतीबीच झगडा भएको स्थानीयले बताएका छन् । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
भर्खरै