Logo

५ असोज, काठमाडौं । नारायणगढ-मुग्लिन सडकखण्डको तुइनखोलामा गएको पहिरो हटेपछि करिब ४५ घण्टापछि यातायात सुचारु भएको छ। चितवनको इच्छाकामना गाउँपालिका-६ मा शुक्रबार साँझदेखि खसेको पहिरोका कारण अवरुद्ध सडक आइतबार पूर्ण रुपमा सञ्चालनमा आएको हो।

सडक डिभिजन कार्यालय, चितवनका प्रमुख नारायणप्रसाद लामिछानेका अनुसार, दुवैतर्फबाट ६ वटा स्काभेटर र लोडर प्रयोग गरी पहिरो हटाउने काम गरिएको थियो। लगातार पहिरो खसिरहेकाले शनिबार दिनभर काम गर्न समस्या भएको थियो। तर, आइतबार बिहानदेखि पहिरो खस्ने क्रम रोकिएपछि काम सहज भएको र सडक खुलाइएको उनले जानकारी दिए।


सम्बन्धित समाचार
भर्खरै