Logo

६ असोज, काठमाडौं । दशैंको मुखमा यात्रुको चाप बढिरहेका बेला नारायणगढ–मुग्लिन सडकखण्ड आज दिउँसो २ घण्टाका लागि बन्द हुने भएको छ।

तुइन खोला पुल नजिकै खसेको पहिरो पूर्ण रूपमा हटाउनका लागि सडक बन्द गर्न लागिएको हो । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार आज दिउँसो १ बजेदेखि ३ बजेसम्म सडक पूर्ण रूपमा बन्द गरिनेछ। यात्रुहरूलाई यो समयमा वैकल्पिक मार्ग प्रयोग गर्न वा यात्राको समय मिलाउन आग्रह गरिएको छ ।

पहिरोले यात्रुलाई सास्ती, अब पूर्ण सञ्चालनको तयारी

गत शुक्रबार खसेको पहिरोले करिब ४० घण्टासम्म सडक अवरुद्ध हुँदा सयौँ यात्रु अलपत्र परेका थिए । आइतबार साँझबाट सडक एकतर्फी खुलाइए पनि सवारीसाधनको चाप र लेन अनुशासनको अभावले ठाउँठाउँमा जाम भइरहेको छ । दशैं मनाउन घर फर्किने यात्रुको संख्या बढ्दै गएकाले बाँकी पहिरो हटाएर सडकलाई दुईतर्फी बनाउन यो कदम चालिएको हो । सडक डिभिजन कार्यालय र ट्राफिक प्रहरीले यात्रुहरूलाई धैर्य गर्न र लेन अनुशासनमा बसेर सवारी चलाउन अनुरोध गरेका छन् ।


सम्बन्धित समाचार
भर्खरै