Logo

काठमाडौं, ६ असोज। सरकारले सामाजिक सुरक्षा परिचयपत्र नवीकरण गर्ने समय एक महिना थप गरेको छ।

यसअघि भदौ मसान्तसम्म नवीकरण गरिसक्नुपर्ने व्यवस्थालाई संशोधन गरी अब असोज मसान्तसम्म पुर्‍याइएको हो । सरकारले सामाजिक सुरक्षा (तेस्रो संशोधन) नियमावली, २०८२ मार्फत यो निर्णय गरेको हो। संशोधित नियमावली राजपत्रमा प्रकाशित भइसकेको छ ।

राजपत्रमा प्रकाशित सूचनाअनुसार, “सामाजिक सुरक्षा नियमावली, २०७६ को नियम ९ को उपनियम ९१० मा रहेका भदौ मसान्तभित्र भन्ने शब्दहरूको सट्टा असोज मसान्तभित्र भन्ने शब्दहरू राखिएका छन् ।” यो निर्णयले समयमै नवीकरण गर्न नसकेका हजारौं नागरिकहरूलाई राहत मिलेको छ। अब उनीहरूले असोज मसान्तसम्म सजिलै आफ्नो सामाजिक सुरक्षा परिचयपत्र नवीकरण गर्न सक्नेछन् ।


सम्बन्धित समाचार
भर्खरै