Logo

काठमाडौं, ६ असोज। आजबाट बडा दशैंको नवरात्र सुरु भएको छ ।

घटस्थापनाको अवसरमा सार्वजनिक बिदा भए पनि ग्राहकहरूको सुविधालाई ध्यानमा राख्दै केही बैंकहरूले आफ्ना शाखाहरू खुला राखेका छन् । दशैंको किनमेल र अन्य अत्यावश्यक वित्तीय कारोबारका लागि ग्राहकहरूको चाप बढ्ने हुँदा बैंकहरूले पूर्ण शाखा नखोले पनि केही सीमित शाखाबाट बैंकिङ्ग सेवा प्रदान गरिरहेका छन् । यस वर्ष दशैंमा पनि बैंकहरूले सेवा जारी राख्दा ग्राहकहरूलाई ठूलो राहत मिलेको छ ।

सार्वजनिक बिदाको दिनमा बैंकको काम परेर अलमलमा परेकाहरूले आफ्नो नजिकैको बैंकको शाखा खुला छ कि छैन भनी जानकारी लिएर सेवा लिन सक्नेछन् । चाडपर्वको बेला पनि बैंकहरूले प्रदान गरेको यो सेवाले वित्तीय कारोबारलाई सहज बनाएको छ ।


सम्बन्धित समाचार
भर्खरै