Logo

७ असोज,वीरगञ्ज । बीरगञ्ज महानगरपालिका–१६, नगवास्थित एक घरमा भन्सार छली गरी लुकाइराखेको ठूलो मात्रामा कपडा र किराना सामान बरामद गरिएको छ।

विशेष सूचनाको आधारमा नं. १३ गण पर्साको टोलीले आज बिहान बालकुमार राउत कुर्मीको घरमा छापा मारेको थियो। टोलीले घरको सटरभित्र भण्डारण गरिएको अन्दाजी ५ लाख रुपैयाँ बराबरको कपडा र किराना सामान बरामद गरेको हो।

सशस्त्र प्रहरी नायब उपरीक्षक (स.प्र.ना.उ.) पुरुषोत्तम भण्डारीको कमान्डमा खटिएको सुरक्षाकर्मी र वीरगञ्ज भन्सार कार्यालयका प्रतिनिधिहरूको संयुक्त टोलीले यो कारबाही गरेको हो। बरामद भएका सामानलाई आवश्यक कानूनी प्रक्रिया पूरा गरी वीरगञ्ज भन्सार कार्यालयमा बुझाइने बताइएको छ।

यो कारबाहीले सीमा क्षेत्रमा हुने चोरी पैठारी र भन्सार छलीका गतिविधि नियन्त्रणमा सहयोग पुग्ने विश्वास गरिएको छ।


सम्बन्धित समाचार