Logo

१६ असोज, काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले यस वर्षको वडादशैँ पर्वमा टीका नलगाउने निर्णय गरेका छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार वडादशैँ परम्परागत रूपमा हर्षोल्लासका साथ मनाइने महापर्व भए पनि हालैको जेनजी पुस्ताले अघि सारेको आन्दोलनका क्रममा युवाहरूले ज्यान गुमाउनुपरेको तथा धेरै घाइते हुनुपरेको पीडा अझै ताजा रहेकाले यस्तो निर्णय गरिएको हो।

सचिवालयले जारी गरेको वक्तव्यमा भनिएको छ, “पीडादायी परिस्थितिमा प्रधानमन्त्री कार्कीले टीका नलगाउने र सर्वसाधारणलाई समेत टीका लगाइदिने कार्यक्रम नराख्ने निर्णय गरेकी हुन् ।”

यसअघि प्रधानमन्त्रीहरूले दशैँका अवसरमा निवासमा टीका वितरण गर्ने परम्परा रहिआएको थियो। तर यस वर्षको विशेष परिस्थिति र जनभावनालाई मध्यनजर गर्दै प्रधानमन्त्री कार्कीले उक्त परम्परा स्थगित गर्ने निर्णय गरेका हुन्।

सरकारका शीर्ष तहबाट आएको यो निर्णयलाई देशभर चर्चाको रूपमा लिइएको छ। धेरैले यसलाई परिस्थितिलाई संवेदनशीलताका साथ आत्मसात गर्ने कदमका रूपमा व्याख्या गरेका छन्।


सम्बन्धित समाचार