१८ असोज, काठमाडौँ । प्रतिकुल मौसमका कारण त्रिभुवन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका आन्तरिक उडान बन्द भएका छन् । उडान प्रतिकुल मौसम तथा खराब इनरुट वेदरका कारण काठमाडौं विमानस्थल २ घण्टाको लागि बन्द गरिएको हो ।
भारी भर्षाका कारण देशभर यातायात अबरूद्ध भएको छ । साथै मौसम बिग्रिएपछि हवाई उडान पनि बन्द भएको हो ।
विमानस्थलका प्रवक्ता रेन्जी शेर्पाका अनुसार, बिहान नियमित रूपमा आन्तरिक उडानहरू सञ्चालन भए पनि करिब २० मिनेटयता अविरल वर्षाले दृश्यता कमजोर भएपछि सम्पूर्ण आन्तरिक उडान स्थगित गरिएको हो।
प्रवक्ता शेर्पाले भने, “आज बिहान सबैतिर आन्तरिक तर्फका जहाज उडेका थिए। तर हाल मौसम प्रतिकूल भएकाले जहाज उड्न सकेका छैनन्। मौसम सामान्य भएलगत्तै उडान पुनः सञ्चालन हुनेछन्।”
यद्यपि, अन्तर्राष्ट्रिय उडानमा केही समस्या छैन । मौसम सफा भएपछि आन्तरिक तर्फ जहाज उड्ने छन् ।















