Logo

१८ असोज, काठमाडौं। ऊर्जा, भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी विकासमन्त्री कुलमान घिसिङले चोभार गल्छी क्षेत्रको निरीक्षण गरेका छन्। सहरी विकास सचिव गोपाल सिग्देल पनि मन्त्री घिसिङसँगै उक्त क्षेत्रको अवलोकनमा सहभागी भएका थिए।

मन्त्रालयका अनुसार, चोभार–गल्छी क्षेत्रबाट काठमाडौं उपत्यकाका विभिन्न नदीहरू एकीकृत भएर निस्कने भएकाले यस क्षेत्रको निरीक्षण अत्यावश्यक थियो। मन्त्री घिसिङले धोवीखोला कोरिडोर, मनोहरा कोरिडोर, विष्णुमती कोरिडोर, बागमती नदी कोरिडोर लगायतका क्षेत्रहरू पनि अवलोकन गरी वरिपरिका बस्तीहरूको अवस्थाबारे जानकारी लिएका छन्।

मन्त्री घिसिङले नदी किनारका बस्तीका बासिन्दालाई उच्च सतर्कता अपनाउन र सुरक्षित भएर बस्न विशेष आग्रह गरेका छन्। मौसममा आएको प्रतिकूलताका कारण सम्भावित जोखिम न्यूनीकरणका लागि यस प्रकारको सक्रिय निरीक्षण आवश्यक रहेको बताइएको छ।


सम्बन्धित समाचार