Logo

१८ असोज,वीरगञ्ज । पछिल्लो २४ घण्टामा मधेश प्रदेशको पश्चिमी भागमा अति भारी वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाको विवरण अनुसार पर्साको कालिकामाईदेखि रौतहटको गौरसम्मका क्षेत्रमा २४ घण्टामा २०० मिलिमिटरभन्दा बढी पानी परेको छ, जुन खतराको तहभन्दा माथिको अति भारी वर्षा मानिन्छ।

रौतहटको मधेसपुरमा सबैभन्दा बढी २७७ मिलिमिटर वर्षा भएको छ भने गौरुडामा २०७ मिलिमिटर, गौरमा २५४ मिलिमिटर वर्षा मापन भएको छ। बाराको कलैयामा २१८ मिलिमिटर, बीरगञ्जमा २२६ र मुदालीमा २३१ मिलिमिटर पानी परेको छ।

मधेश प्रदेशको उत्तरतर्फ भने तुलनात्मक रूपमा कम वर्षा भएको छ। पर्साको टाँडी, बाराको सिमरा विमानस्थल र निजगढमा १५० मिलिमिटर आसपास पानी परेको र रौतहटदेखि पूर्व जनकपुरसम्म मध्यम वर्षा रहेको मौसम महाशाखाले जनाएको छ।

मौसमविद्हरूले पश्चिमी मधेश क्षेत्रमा जारी अति भारी वर्षाका कारण बाढी र पहिरोको जोखिम उच्च रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।


सम्बन्धित समाचार