Logo

१९ असोज, रौतहट । रौतहटको कटहरिया नगरपालिका–२ हथियाहीमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार साँझ परेको चट्याङका कारण स्थानीय १७ वर्षीय सेराज लहरी र १६ वर्षीय नवीन यादवको मृत्यु भएको हो । चट्याङ लाग्दा दुवै जना घटनास्थलमै गम्भीर घाइते भएका थिए ।

प्रहरी नायब उपरीक्षक राजु कार्कीले घाइते दुवै जनालाई उपचारका लागि अस्पताल लैजाने प्रयास गरिए पनि बाटोमै मृत्यु भएको जानकारी दिए । उनका अनुसार मृतक दुवैको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको छ ।

स्थानीयले अकस्मात् परेको चट्याङबाट आसपासका घरहरूमा पनि सामान्य क्षति भएको बताएका छन् ।


सम्बन्धित समाचार