Logo

२० असोज, वीरगञ्ज । केही दिनदेखिको अविरल वर्षापछि बारा जिल्लाको जनजीवन सामान्य बन्दै गएको छ। वर्षाका कारण अस्थायी रूपमा अवरुद्ध बनेका सडकहरू खुल्न थालेसँगै आज सोमबारदेखि जिल्लाभरका सबै सरकारी कार्यालयहरू पुनः सञ्चालनमा आएका छन्।

जिल्ला प्रशासन कार्यालय, बाराका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले सोमबारदेखि जिल्लाभरका सबै सरकारी तथा स्थानीय तहका कार्यालयहरूबाट नियमित सेवा प्रवाह हुने जानकारी दिए।

यसअघि निरन्तरको झरी र सडक बन्दको अवस्थालाई मध्यनजर गर्दै सरकारले असोज १९ र २० गते जिल्लामा सार्वजनिक बिदा दिएको थियो। तर, गृह मन्त्रालयले विपद् जोखिम तथा प्रतिकार्य कार्यमा प्रत्यक्ष रूपमा संलग्न नरहेका जिल्लाहरूमा सार्वजनिक सेवा नियमित सञ्चालन गर्न निर्देशन दिएपछि बारा जिल्लामा पनि सेवा सुचारु गर्ने निर्णय भएको हो।

प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार अब जिल्लाका सबै स्थानीय तह, सरकारी कार्यालयहरू, र सार्वजनिक सेवा प्रवाह गर्ने निकायहरू नियमित रूपमा खुला रहने छन्।


सम्बन्धित समाचार
भर्खरै