Logo

२२ असोज, काठमाडौं । पोखरास्थित लिचीबारी जग्गा प्रकरणमा संलग्न रहेको अभियोगमा पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

बुधबार दायर गरिएको मुद्दामा तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता, तत्कालीन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी र पूर्वमन्त्री रञ्जिता श्रेष्ठ प्रतिवादी बनाइएका छन्।

अख्तियारले राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठविरुद्ध जनही ७८ लाख रुपैयाँको बिगो मागदाबी गरेको छ। त्यस्तै, बलराम अधिकारीविरुद्ध ५३ लाख, याम कुमारी गुरुङ र खमबहादुर पुनविरुद्ध जनही २५ लाख, र तुल्सीराम बुढामगरविरुद्ध पनि ७८ लाख रुपैयाँ बिगो मागदाबी गरिएको छ।

लिचीबारी जग्गा प्रकरणमा सरकारी पदको दुरुपयोग गरी सार्वजनिक सम्पत्तिको अनियमित कारोबार भएको आरोप छ। अख्तियारका अनुसार संलग्न व्यक्तिहरूले स्वार्थपूर्ति र घुससहितका आपराधिक क्रियाकलापमा संलग्न भई राज्यलाई आर्थिक हानि पुर्‍याएको प्रमाण भेटिएको छ।

विशेष अदालतमा दायर मुद्दामा उनीहरूमाथि भ्रष्टाचार निवारण ऐनअन्तर्गत कारबाही माग गरिएको छ। अख्तियारले घटनालाई गम्भीर आर्थिक अनियमितताको उदाहरणका रूपमा व्याख्या गर्दै दोषीलाई कडा कानुनी कारबाहीको माग गरेको छ।


सम्बन्धित समाचार
भर्खरै