Logo

जेनजी आन्दोलनमा आगजनी गरिएका भाटभटेनी (फाईल फोटो)

२३ असोज, काठमाडौँ । जेनजी आन्दोलनका क्रममा देशभर भएको भौतिक तथा अन्य क्षतिको बीमा दाबी रकम करिब २३ अर्ब २२ करोड ८७ लाख रुपैयाँ पुगेको छ ।

नेपाल बीमा प्राधिकरणका अनुसार हालसम्म विभिन्न १४ निर्जीवन बीमा कम्पनी र ४ लघु निर्जीवन बीमा कम्पनीमा कूल ३ हजार ९९ वटा बीमा दाबी दर्ता भएका छन् । ती दाबीहरू प्राधिकरणमा पेश भएका बीमा कम्पनीका विवरणका आधारमा संकलन गरिएको हो ।

प्राधिकरणका अनुसार बीमा कम्पनीहरूले बुधबारसम्ममा अग्रिम भुक्तानीसहित करीब १ अर्ब २९ करोड १९ लाख रुपैयाँ क्षतिपूर्ति भुक्तानी गरिसकेका छन् । बाँकी दाबीहरू सर्भे प्रक्रिया पूरा भएपछि क्रमशः भुक्तानी गरिने तयारी भइरहेको जनाइएको छ ।

निर्जीवन बीमा कम्पनीहरूले क्षतिको सर्भे प्रतिवेदन तयारीका लागि बुधबारसम्ममा २ हजार ७०६ को संख्यामा सर्भेयर खटाएको र हालसम्ममा सर्भेयरहरूले ३७४ को संख्यामा सर्भे प्रतिवेदन पेश गरेको जानकारी निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त भएको प्राधिकरणले जनाएको छ ।

बीमा विश्लेषकहरूका अनुसार २३ अर्ब रुपैयाँभन्दा बढीको दाबी रकमले देशको निर्जीवन बीमा क्षेत्रमा उल्लेख्य वित्तीय दबाब सिर्जना गरेको छ।


सम्बन्धित समाचार
भर्खरै