Logo

२४ असोज, काठमाडौँ । काठमाडौँको टोखा नगरपालिका–२, चण्डेश्वरीमा गएराती एक युवकको हत्या भएको छ। स्थानीय ४० वर्षीय राम लिम्बुको हत्या भएको महानगरीय प्रहरीले पुष्टि गरेको छ । हत्याको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा उदयपुर घर भएका २७ वर्षीय गणेश लामा र सिन्धुली घर भएका ४० वर्षीय खुप बहादुर तामाङ रहेका छन् । उनीहरुलाई प्रहरीले राति नै नियन्त्रणमा लिएको हो । प्रारम्भिक अनुसन्धानअनुसार, पक्राउ परेका व्यक्तिहरू र मृतक लिम्बुबीच वादविवाद भएको थियो।

सोही विवाद बढ्दै जाँदा उनीहरूले फलामको रड प्रहार गरेका थिए । रड प्रहारबाट गम्भीर घाइते भएका लिम्बुलाई तत्कालै उपचारका लागि ट्रमा सेन्टर पठाइएको थियो । तर, उपचारकै क्रममा लिम्बुको मृत्यु भएको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुई जनामाथि प्रहरीले हत्या अभियोगमा थप अनुसन्धान अगाडि बढाएको छ।


सम्बन्धित समाचार