Logo

२६ असोज, झापा । गत भदौ २४ गतेको जेन–जी प्रदर्शनका क्रममा प्रहरी कार्यालयबाट लुटिएको एउटा ३०३ राइफल झापाको दमकमा बेवारिसे अवस्थामा फेला परेको छ ।

आज बिहान झापाको दमक नगरपालिका–५, धनेश्वर मन्दिरको पूर्वपट्टिको गेटनजिक स्थानीयवासीले उक्त हतियार फेला पारेका हुन् । स्थानीयले तत्काल इलाका प्रहरी कार्यालय दमकमा खबर गरेपछि प्रहरी टोली घटनास्थल पुगेको थियो ।
झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले फेला परेको म्यागजिनसहितको ३०३ राइफल जेन-जी आन्दोलनका बेला कार्यालयबाट लुटिएको हतियार नै भएको पुष्टि गर्नुभएको छ ।

फेला परेको उक्त हतियारलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी हाल इलाका प्रहरी कार्यालय दमकमा राखिएको प्रहरीले जनाएको छ।


सम्बन्धित समाचार
भर्खरै