Logo

२६ असोज, काठमाडौं । स्वास्थ्यमा समस्या देखिएपछि शनिबार मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना हुनुभएका राष्ट्रपति रामचन्द्र पौडेल आज डिस्चार्ज हुनुभएको छ।

अस्पताल स्रोतका अनुसार स्वास्थ्यमा सुधार आएपछि राष्ट्रपति पौडेललाई निवास फर्काइएको हो । राष्ट्रपति पौडेललाई शनिबार अचानक स्वास्थ्यमा समस्या देखिएको थियो । महारागञ्जस्थित मनमोहन कार्डियोथोरासिक सेन्टरमा उहाँको उपचार भएको थियो ।

राष्ट्रपति बिरामी परेसँगै शनिबार बिहानका लागि तय भएको जेनजी समूहसँगको भेटघाट कार्यक्रम सोमबारका लागि सारिएको थियो। उहाँ डिस्चार्ज भएपछि अब सोमबारको उक्त भेटघाट निर्धारित समयमै हुने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार
भर्खरै