Logo

२६ असोज, काठमाडौं । गत भदौ २४ मा देशभर भएका तोडफोड तथा आगजनीबाट क्षतिग्रस्त सरकारी तथा सार्वजनिक भवनहरूको पुनर्निर्माण कार्ययोजना तयार पारी पठाउन अर्थ मन्त्रालयले सबै सम्बन्धित कार्यालयहरूलाई सर्कुलर जारी गरेको छ ।

हालैको आन्दोलनका क्रममा सिंहदरबारभित्रका भवनहरू, सर्वोच्च अदालत, जिल्ला अदालत, विशेष अदालत लगायतका न्यायिक संरचनाहरूमा समेत क्षति पुगेको थियो । संघीय संसद् भवनको रूपमा प्रयोग हुँदै आएको नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र समेत आगोले क्षतिग्रस्त भएको छ ।

अर्थ मन्त्रालयले संसद् सचिवालयलाई पनि पुनर्निर्माण कार्ययोजना पठाउन सर्कुलर गरेको छ। यो विषयमा गत शुक्रबार सभामुख देवराज घिमिरेसहितको उपस्थितिमा प्रशासनिक बैठक बसेको थियो । संसद् सचिवालयका अनुसार आन्दोलनबाट भएको क्षतिको विवरणमा पार्किङमा रहेका १९ वटा गाडी, ३६ वटा मोटरसाइकलमा क्षति, दुई वटा मोटरसाइकल हराएको विवरण छ ।

अर्थ मन्त्रालयको यो सर्कुलरले अब सरकारी सम्पत्तिको क्षति मूल्याङ्कन र त्यसको व्यवस्थित पुनर्निर्माण प्रक्रियालाई गति दिने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार
भर्खरै