Logo

२७ असोज, वीरगंज । बिरगंजका युवाहरूले आज उच्च अदालत जनकपुरको अस्थायी इजलास बिरगंजमा अव्यवस्थित पार्किङ र ट्राफिक नियम उल्लंघनविरुद्ध मुद्दा दायर गरेका छन् । उक्त मुद्दामा बिरगंज महानगरपालिकालाई समेत विपक्षी बनाइएको छ ।

युवाहरूका अनुसार हाल बिरगंज शहरका विभिन्न ठाउँमा सवारीसाधनहरू सडकमा अव्यवस्थित रूपमा पार्किङ गरिँदा सर्वसाधारणलाई हिँडडुल गर्न कठिनाइ हुने, सडकमा भीडभाड बढ्ने र दुर्घटनाको जोखिम समेत बढेको छ ।

मुद्दामार्फत उनले यस्तो अव्यवस्थित पार्किङ प्रणालीलाई व्यवस्थित बनाउन, ट्राफिक व्यवस्थापन सुधार गर्न तथा स्थानीय निकाय र सम्बन्धित निकायले प्रभावकारी कदम चाल्न माग गरेका छन् ।

स्थानीयहरूका अनुसार लामो समयदेखि यो समस्या समाधान नहुँदा शहरको सौन्दर्य र यातायात व्यवस्थापनमा नकारात्मक असर परेको छ । अब अदालतले यस विषयमा कस्तो निर्णय लिन्छ भन्ने चासो बिरगंजवासीबीच बढेको छ ।


सम्बन्धित समाचार