३० असोज, काठमाडौं । निर्वाचन आयोग र राजनीतिक दलहरूबीच आगामी निर्वाचनबारे छलफल भइरहेको छ । छलफलमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा र एकीकृत समाजवादीका नेताहरूको सहभागिता रहेको छ।
कांग्रेस र एमाले संसद् पुनःस्थापनाको पक्षमा छन् भने अन्य दलहरू निर्वाचन तोकिएकै मितिमा हुनुपर्नेमा अडिग छन्। काठमाडौँ । निर्वाचन आयोग र राजनीतिक दलहरूबिचको छलफल जारी छ । आगामी फागुन २१ गते सरकारले तोकेको प्रतिनिधि सभा सदस्य निर्वाचनका विषयमा आयोगले राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल गरिरहेको हो । छलफलमा नेपाली काँग्रेसबाट मीन विश्वकर्मा, नेकपा एमालेबाट गुरु बराल, माओवादी केन्द्रको तर्फबाट देव गुरुङ, रास्वपाका हरि ढकाल, एकीकृत समाजवादीका राजेन्द्र पाण्डे लगायत सहभागी छन् ।
नेपाली कांग्रेस र नेकपा एमाले संसद्को पुनः स्थापना गर्नुपर्ने पक्षमा देखिएका छन् । अन्य दलहरू भने तोकिएकै मितिमा निर्वाचन हुनुपर्नेमा दृढ देखिँदै आएका छन् ।

















